भूमिगत पार्किङ: मेयर आचार्यको प्रश्न- कति घण्टामा खाली हुन्छ? (तस्बिरहरु)

पाेखरा | कात्तिक १५, २०७९

भूमिगत पार्किङ: मेयर आचार्यको प्रश्न- कति घण्टामा खाली हुन्छ? (तस्बिरहरु)

पोखरा:  पोखरा महानगरपालिकाले भदौ १३ गते एक सूचना प्रकाशित गर्दै भन्यो ‘महानगरबाट अनडरग्राउण्ड पार्किङको अनुमति लिएर बनाएका सटर तथा व्यापारीक प्रयोजनमा प्रयोग भएका छन् भने ३५ दिनभित्र खाली गर्नु ।’ 


सो सूचना सार्वजनिकपछि पोखरेली जनताले बालेनलाई पत्छाउँदै पोखराका मेयर धनराज आचार्य विकासको पक्षमा भन्दै गुणगान गाउनसम्म भ्याए ।  महानगरको सूचनाको ३५ दिने म्याद असोज १७ गते पुरा भएपछि पनि केही लछारपटार नलगाएपछि फेरि उनै मेयर आचार्यको आलोचना चोकचोकमा सुनिन थाल्यो । उनले नेपालीहरुको महान पर्वको समय भएको भन्दै मानवीयताकै कारण तिहार पर्वपश्चात कडा रुपमा उत्रने बताएका थिए । 


सोही अनुरुप आज दलबलसहित मेयर आचार्यले महानगरको अल्टिमेटम लत्याउएको भन्दै फिल्डमा उत्रिए र भूमिगत पार्किङमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुलाई तत्काल हटाउन निर्देशन दिए ।


उनले निर्देशन मात्रै दिएनन् अटेरी गरेको सटरहरुमा डोजर नै चलाए । उनले विग बजार सेल स्टो प्रालिका सञ्चालक जनक कार्कीलाई प्रश्न गरे– ‘यो जग्गा कति घण्टामा खाली हुन्छर?’ सो प्रश्नको उत्तरमा व्यवसायी कार्कीले भने, ‘तपाइहरुको यो सकरात्मक कार्यमा हाम्रो पनि हातेमालो छ । हामीलाई केही दिन दिनुहोस्, हैन आजै सार्नपर्छ भन्नुहुन्छ भनेपनि ठिकै छ रातारात पनि काम गर्छौ ।’


विग बजार सेल स्टोरसँगै गरिमा विकास बैंक रहेको भवन, त्यसैगरि बुद्ध विशाल बजारको अन्डरग्राउण्ड पार्किङ लगायतमा मेयर आचार्य नेतृत्वको टोलीले खाली गर्न निर्देशन दिएको थियो । 


विभिन्न मलका भूमिगत पार्किङहरु खाली गर्न उर्दीगरेसँगै महेन्द्रपुलस्थित मोवाइल टावर र सीता भवनको भूमिगत पार्किङ भने केही दिनमा नै महानगरले पार्किङको लागि प्रयोग गर्ने बताइएको छ ।

 

तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्